१६ चैत्र २०८०, शुक्रबार

कोरोना संक्रमित १२९ जनाको आइसीयूमा र ७ जनाको भेन्टिलेटरमा उपचार चल्दै

प्रकाशित मिति :  20 August, 2020 4:44 pm


काठमाडौं, ४ भदौ ।

कोराना संक्रमण भएर देशभर १२९ जनाको आइसीयुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा प्रदेश १ मा ११, प्रदेश २ मा ४६, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा ६ र प्रदेश ५ मा १२ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित पत्रकार सम्मेलनमा भेन्टिलेटरमा ७ जनाको उपचार भइरहेको र उनीहरु बागमती प्रदेशको भएको बताए ।

पछिल्लो २४ घण्टामा २६४ जना कोरोना निको भएर गएपछि अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।

मृतकको संख्या १२६ छ । कूल संक्रमितको संख्या २९,६४५ छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि देशभर धरैजसो ठाँउमा निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित समाचार

देशभर थप ७ सय ७ जनामा कोरोना संक्रमणको पुष्टि,काठमाडौं उपत्यकामा मात्रै २ सय जना भेटिए



प्रतिक्रिया दिनुहोस !