१६ चैत्र २०८०, शुक्रबार

प्रथम राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिपको उपाधी नुवाकोटलाई, दाङलाई दोस्रो स्थान

प्रकाशित मिति :  5 September, 2020 5:32 pm


काठमाडौं, २० भाद्र ।

नुवाकोट मार्शल आर्ट्स हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको अनुमतिमा भदौ १० गते बाट १५ गतेसम्म आयोजना गरिएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप-२०७७ नुवाकोट जिल्लाको टिम प्रथम भएको छ ।

समीर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङको टिम प्रथम भएको हो ।  दोश्रो स्थान दाङ जिल्लाका चेतन वली र गोपाल बि.के. र तेस्रो कास्की जिल्लाका कृतिका गिरि र अन्जना परियार भएका छन् ।

प्रथम भएर स्वर्ण पदक प्राप्त गर्ने विजेता खेलाडीहले नगद १० हजार रुपैयाँ, दोस्रो भएर रजत पदक प्राप्त गर्नेले ७ हजार ५ सय रुपैयाँ र तेस्रो भएर कास्य पदक प्राप्त गर्नेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै सम्पूर्ण विजेता खेलाडीहरुले प्रमाणपत्र र मेडल पनि प्राप्त गर्ने नुवाकोट जिल्ला मार्शलआर्ट्स हाप्किडो संघका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सात प्रदेशका विभिन्न जिल्ला हाप्किडो संघ मध्ये ३० जिल्लाका विभिन्न क्लब, स्कूल, डोजाङबाट ८० समूहको सहभागिता रहेको थियो ।

प्रतिस्पर्धी खेलाडीहरुको भिडियोलाई निष्पक्ष ढङ्गले निर्णय गरिएको संघले जनाएको छ । रेफ्री, जजको जिम्मेवारी टेक्निकल कमिटीका प्रमुख तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रीय प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ, केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढा मगर र केन्द्रीय सहायक प्रमुख प्रशिक्षक प्रबिण गुरुङ निर्णायक रहेका थिए ।

प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप -२०७७ को लागि पुरस्कार प्रायोजन हेल्थ एन्ड एजुकेशन नेपालका अध्यक्ष, राजनितिज्ञ तथा समाजसेवी जगत बहादुर लामाले गरे ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा काठमान्डौंमा सन् २०२२ मा अगस्त २६,२७ र २८ मा हाप्किडो वर्ल्डच्याम्पियनसिप तथा हाप्किडो वर्ल्ड क्लास सेमिनारको आयोजना गर्नका लागी तयारीमा पनि जुटेको छ ।



प्रतिक्रिया दिनुहोस !