१९ बैशाख २०८१, बुधबार

कास्कीमा राखेप सदस्य श्रेष्ठ र पदक विजेता खेलाडीलाई सम्मान

प्रकाशित मिति :  8 September, 2020 12:22 pm


काठमाडौं,२३ भदौ ।

गण्डकी प्रदेशमा प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स च्याम्पियनसिप-२०७७ का पदक बिजेता खेलाडीलाई सम्मान गरिएको छ । नुवाकोट जिल्ला मार्शल आर्टस संघले गत हप्ता आयोजना गरेको च्याम्पियनसिपमा कास्कीबाट सहभागी भएर कास्य पदक जित्ने कृतिका गिरी र अन्जना परियारलाई सम्मान गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका राजनीतिक सल्लाहकार गोबिन्द बहादुर नेपाली, हाप्किडो संघ गण्डकी प्रदेश उपाध्यक्ष तारा माया थापा मगर, खेदकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की अध्यक्ष दिपकबहादुर गोदारले खेलाडी गिरी र परियारलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा राष्टिय खेलकुद परिषद्का नवनियुक्त बोर्ड सदस्य सम्पन्न श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका सल्लाहकार नेपालीले खेलाडीले खेलेरै बाच्न सक्ने अवस्था सृजना गर्नुपर्ने बताए ।

उनले प्रदेश सरकारले खेलाडीलाई खेलेरै जिवनयापन गर्नसक्ने वातावरण सृजना गर्नेगरि नीति तथा योजना निर्माणमा केन्द्रीत रहेको बताए । सल्लाहकार नेपालीले सफलता प्राप्त गर्न लगाव, ईमानदारीता र निरन्तरता हुनुपर्ने बताए ।

कार्यक्रममा नवनियुक्त बोर्ड सदस्य सम्पन्न श्रेष्ठले २२ बर्ष खेलाडीका रुपमा रहेको र अहिले यो स्थानसम्म आएको स्मरण गदै खेलकुद क्षेत्रको बिकास खेलाडीको पक्षमा काम गर्ने बताए ।

हाप्किडो संघका गण्डकी प्रदेश उपाध्यक्ष तारामाया थापामगरले नेपालमा मार्शल आर्ट्स खेलको सम्पूर्ण बिधालाई सरकारले विभेद गरेको बताइन् । हाप्किडो खेलको संगठन सातै प्रदेशको ५० जिल्लामा समिति ठन भएको र जिल्लाहरुमा हजारौ खेलाडीहरुले नियमित प्रशिक्षण गरिरहेको उनले जानकारी दिईन् ।

हाप्किडो केन्द्रीय संघको नीति अनुसार हाप्किडो खेल कार्यक्रम मार्फत युवा खीलाडीहरुलाई शिक्षा र खेललाई चेतना र जागरण रुपमा अभियान चलाएको उनको भनाई थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष एकराज गिरीले खेलकुदमा गफ भन्दा काम गर्ने नेतृत्वको आश्यकता रहेको बताउदै खेल पदाधिकारीले खेलकुद र खेलाडीको पक्षमा काम गर्नुपर्ने बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की अध्यक्ष दिपकबहादुर गोदारले खेलाडीहरुलाई चाहिने पुर्वाधार र प्रशिक्षमा ध्यान दिनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !