२६ बैशाख २०८१, बुधबार

ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटेन

प्रकाशित मिति :  19 November, 2019 8:05 am


मंसिर ३ काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सहमति नजुट्दा सोमबार मन्त्रिपरिषद् पुनर्गठन हुन सकेन ।

दुई अध्यक्षबीच सोमबार साँझ भेटवार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुन-कुन मन्त्रीलाई हटाउने तथा क-कसलाई मन्त्री बनाउने भन्नेमा छलफल भएको बताइएको छ ।  आइतबार बसेको नेकपा सचिवालय बैठकमा सोमबार मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । नयाँ मन्त्री को बन्ने भन्ने पनि प्रष्ट भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस !