२६ बैशाख २०८१, बुधबार

प्रदेश ५ काे राजधानीबारे प्रचण्डको नयाँ धारणा

प्रकाशित मिति :  19 November, 2019 5:44 pm


रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानी नयाँ ठाउँमा बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

केही दिनअघि दाङमा प्रदेशको राजधानी दाङ उपयुक्त हुने बताएका प्रचण्डले मंगलबार भैरहवामा नयाँ ठाउंमा राजधानी बनाउनुपर्ने बताउनु भएकाे हो।

उद्योगब्यापार संगठन रुपन्देही र नेपाल चेम्बर अफ कमर्शको आयोजनामा शुरु भएको पाँचौं लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सको उद्घाटन गर्दै प्रचण्डले राजधानी पुरानै शहरमा भन्दा नयाँ स्थानमा बनाउँदा उक्त क्षेत्रको विकास हुने बताउनुभयो ।

‘दुई वर्षसम्म प्रदेशको राजधानी र नामाकरण तोक्न नसक्दा अन्यौलता भएको छ’ प्रचण्डले भने, ‘अब पुरानो शहरमा बनाउनु भन्दा नयाँ ठाउंमा बनाउन उपयुक्त हुन्छ ।’



प्रतिक्रिया दिनुहोस !