५ जेष्ठ २०८१, शनिबार

ओली पुरै कार्यकाल प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

प्रकाशित मिति :  20 November, 2019 5:04 pm


काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म केपी शर्मा ‌ओली नै प्रधानमन्त्री निरन्तर हुने निर्णय गरेको छ। यो निर्णयसंगै र्अका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोपालोमा प्रधानमन्त्री हुने भनिएको सहमति  टुंगिएको छ।

मंगलबार बालुवाटारमा बसेको   पार्टी सचिवालय बैठकले प्रचण्डलाई पार्टीको काममा केन्द्रित हुने गरी जिम्मा दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

‘केपी शर्मा ओली र प्रचण्ड वरियता क्रम यथावत छ। प्रधानमन्त्रीको हैसियतमा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा लाग्ने निर्णय भएको छ,’ श्रेष्ठले भन्नुभयाे ‘आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने, प्रतिनिधि सभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय भयो।’

दुई अध्यक्षकाे जिम्वेवारीबारे निर्णय गर्नुखघि दुबै अध्यक्षले राष्ट्रियपति विद्यादेवी भण्डारीसंग छलफल समेत गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !