५ जेष्ठ २०८१, शनिबार

निर्वाचनका लागि सुरक्षा रणनीति तयार

प्रकाशित मिति :  20 November, 2019 5:35 pm


दाङ । जिल्ला सुरक्षा समिति दाङले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षा रणनीति तयार पारेको जनाएको    छ ।

समितिले भूगोल, सञ्चार, दूरीलाई अाधार मानेर  सुरक्षा संवेदनशीलताको वर्गिकरण गरेको छ ।उपनिर्वाचनका लागि छ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयाे  । कूल २६ मतदानस्थललाई संवेदनशील र दुई मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ । संवेदनशीलतालाई आधार बनाई सुरक्षाकर्मी परिचालनसँगै कार्यसम्पादनमा विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।

दुई स्थानमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३४ मतदानस्थल र त्यसभित्र ८२ मतदान केन्द्र तोकेको छ । मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाइने उनले जानकारी दिनुभयाे ।

निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) मा ३२ र घोराही उपमहानगरपालिका वडा नं १६ मा दुई गरी ३४ मतदानस्थल तथा प्रदेशसभामा ७७ र घोराही–१६ मा पाँच गरी ८२ केन्द्र निर्धारण गरिएका छन् । वडा नं १६ मा अध्यक्षका लागि निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !