१६ चैत्र २०८०, शुक्रबार

गौतमविरुद्धको रिटको सुनुवाइ आज

प्रकाशित मिति :  23 September, 2020 10:10 am


काठमाडौ ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमवविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको आज सुनुवाइ हुँदैछ । सोमबार दिनेश त्रिपाठीसहित अन्य दुईजनाले दायर गरेको रिटको बुधबार (आज) पेसी तोकिएको हो ।

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन संविधानविपरीत भएको र तथा मन्त्री नबनाउन मागसहित सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्ति विभिन्न दाउपेच गरी राष्ट्रिय सभामा मनोनीत भएको र मन्त्री पनि बन्न लागेको भन्दै गौतमविरुद्ध अधिवक्ताहरु सर्वोच्च पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !