१ जेष्ठ २०८१, मंगलबार

दैलेखमा पेट्रोलियम अन्वेषण सर्भे

प्रकाशित मिति :  21 November, 2019 7:53 am


५ मंसिर,दैलेखकोे शिरिस्थान र नाभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख आएको चिनियाँ प्राविधिक टोलीले एकैपटक चारवटा सर्भे सुरु गर्ने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि गर्नुपर्ने चारवटा सर्भे एकैपटक गर्न लागिएको हो ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् दिनेश त्रिपाठीका अनुसार चिनियाँ प्राविधिक टोलीले अन्वेषणका लागि पहिलो चरणमा गर्नुपर्ने चार सर्भे एकैपटक सुरु गरिएको बताए । उनका अनुसार भू–सतहभित्र पेट्रोलियम पदार्थ भएकाले पहिलो चरण त्यसको भौगर्भिक सर्वेक्षणको कामसँगै अन्य तीनवटा सर्भे पनि सुरु भएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चार सर्भे अनिवार्य हुन्छ ।

त्यसमा पहिलो भौगर्भिक सर्भेको काम हो जो सबैभन्दा महत्त्वपूर्ण हुन्छ । उक्त सर्भेले जमिनमुनिको सतह पत्ता लगाउने र नक्सा निर्माण गर्ने गर्छ । कुन कुन भागमा पेट्रोलियम पदार्थ छ, त्यसका लागि भौगोलिक अवस्था के छ भनेर पत्ता लगाउने काम प्राविधिक टोलीले अन्तिम चरणमा पु-याएको छ । अन्य तीनवटामध्ये भौगर्भिक सर्भे, भू–भौतिक सर्भे र जिओकेमिकल सर्भेका काम पनि एकैपटक सुरु गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !