१५ बैशाख २०८१, शनिबार

सचिवालयका ६ जनामा संक्रमण भएपछि नेकपा सचिवालय बैठक स्थगित

प्रकाशित मिति :  4 October, 2020 2:26 pm


काठमाडाैं, १८ असाेज । 

नेकपाकाे सचिवालय बैठक फेरि स्थगित भएकाे छ । सचिवालयका ६ जना र सुरक्षाकर्मीका ७० जनामा काेराेना संक्रमण देखिए पछि बैठक स्थगित  भएकाे हाे ।

सचिवालयका धेरै जनामा संक्रमण भएका कारण प्रधानमन्त्री केपी शर्मा अाेलीले सबै किसिमका भेटवार्ता स्थगित गरेका छन् ।

अध्यक्षद्वय अाेली र प्रचण्डबी शुक्रबार भेटवार्तापछि शनिबारका लागि सचिवालय बैठक बाेलाउने सहमति भएता पनि शनिवार बैठक बस्न सकेकाे थिएन ।त्यस्तै अाइतबारका लागि बाेलाइएकाे बैठक पनि स्थगित भएकाे छ ।

सरकारले मुख्य सचिव नियुक्ति र राजदुत सिफारिस एकलाैटी ढंगले गरेकाे भन्दै पार्टीका शीर्ष नेतामा असन्तुष्टि बढेकाे थियाे । बैठक स्थगित भएपनि अर्काे  सचिवालय  बैठक कहिले बाेलाउने भन्ने जानकारी गराइएकाे छैन ।

 



प्रतिक्रिया दिनुहोस !