३ जेष्ठ २०८१, बिहिबार

पाेखरामा वडाअध्यक्षकाे गाडिमा बम विष्फाेट

प्रकाशित मिति :  25 November, 2019 7:54 am


कास्की, ९ मंसिर

पाेखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै अज्ञात समूहले बम बिस्फोट गराएकाे छ ।

बिस्फोटबाट बिरौटास्थित अाचार्यकाे घरमा पार्किङ गरिरहेको अवस्थामा राखिएको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतीग्रस्त भएको कास्की प्रहरीले जनाएकाे छ ।

घटना बिहान सवा २ बजेतिर  भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक    कोमल शाहले जानकारी दिनुभयाे।

घटनामा नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपा जिम्मेवार हुनसक्ने आशंका गरिएकाेे छ ।



प्रतिक्रिया दिनुहोस !