२ जेष्ठ २०८१, बुधबार

ऊर्जामा लगानी गर्न मन्त्री पुनको आग्रह

प्रकाशित मिति :  25 November, 2019 4:04 pm


 मंसिर ९ काठमाडौं ,ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जाक्षेत्रको विकासका लागि चीन सरकारको सहयोग आफूहरूका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

चीनको युनान प्रान्तका गभर्नर रुएन चेङगफासँग साेमबार भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गरेका हुन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै ऊर्जाक्षेत्रमा लगानी गर्नेबारे छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी चिनफिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे ।

नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका गभर्नर चेङगफा नेतृत्वका ८ सदस्यीय प्रतिनिधिमण्डलले ऊर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो । छलफलमा ऊर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !