१३ बैशाख २०८१, बिहिबार

रोनाल्डोलाई कोरोना संक्रमण

प्रकाशित मिति :  13 October, 2020 10:17 pm


ऐजेन्सी, २७ असोज ।
पोर्चुगल राष्ट्रिय टिमका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोर्चुगलको राष्ट्रिय टिममा रहेका रोनाल्डोलाई कोरोनाको संक्रमण देखिएको हो । संक्रमण भएसँगै रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टिमबाट अलग गर्दै होम आइसोलेसनमा पठाइएको छ।

३५ वर्षीय रोनाल्डोलाई कोरोना संक्रमण भएको पोर्चुगिज फुटबल फेडेरेसनले पुष्टि गरेको छ । रोनाल्डोलाई हालसम्म कोरोनाको कुनै पनि लक्षण नदेखिएको फेडेरेसनले जनाएको छ। पोर्चुगिज टिमका अन्य खेलाडीको भने कोरोना परीक्षणमा नेगेटिभ नतिजा आएको छ।

नेसन्स लिग फुटबलमा गत आईतबार भएको फ्रान्सविरुद्धको खेलमा गोल रहित बराबरी खेल्दै अंक बाँडेको पोर्चुगलले बुधबार राति स्विडेनसंग प्रतिस्पर्धा गर्दैछ ।

स्विडेनसंगको खेलमा रोनाल्डोको अनुपस्थिती रहनेछ ।

समूहमा पोर्चुगल ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ।



प्रतिक्रिया दिनुहोस !