२१ बैशाख २०८१, शुक्रबार

बिहिबारदेखि १७ औं हस्तकला मेला

प्रकाशित मिति :  26 November, 2019 2:21 pm


काठमाडौं, १० मंसिर

आउदो मंगलबारदेखि राजधानीमा १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता सुरु हुने भएको छ। पाँच दिन सम्म चल्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।उ

उद्योगवाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसङ्घ, नविल बैंक, नेपाल चेम्बर अफ कमर्स, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा बर्षेनी मेला सम्पन्न हुने गरेको छ।

महासंघले सोमबार पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको मेलाको तयारी पूरा भएको जनाएको छ ।

नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यावसायिक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागिता गर्ने, व्यापार मेलाको माध्यमबाट नेपाली कला संस्कृतिको प्रचार–प्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासंघका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिनुभयो ।

गत वर्षभन्दा यस वर्ष मेलामा नेपाली छालाजन्य जुत्ताको प्रदर्शनसमेत गर्न लागिएको छ । सोको लागि छुट्टै डोमको व्यवस्था पनि गर्न लागिएको अध्यक्ष शाक्यले बताए । साथै उनले नेपाली हस्तकला वस्तुहरूको स्थानीय बजारको साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ता एवं उपभोक्ताको चाहनाबमोजिम वस्तु विकास गर्ने रहेको छ ।

स्वदेशी र विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलगायत निजी क्षेत्रका विभिन्न संघ–संस्थाहरूको सहयोगमा यो व्यापार मेला तथा प्रतियोगिता आयोजना गर्न लागिएको यहाँहरू सबैमा जानकारी गराउनु भयो ।

मेलामा ८ प्याभिलियनसहित २ सय कक्ष रहनेछन् । मेलामा विभिन्न जिल्लामा उत्पादित हस्तकला प्रदर्शनमा राखिनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् । ने

हस्तकला हाल विश्वका अधिकांश मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरू प्रदर्शनमा राखिनेछन् ।



प्रतिक्रिया दिनुहोस !