१४ बैशाख २०८१, शुक्रबार

तातोपानी नाका दसैँपछि सञ्चालन हुने

प्रकाशित मिति :  21 October, 2020 3:16 pm


काठमाडौ ५ कार्तिक । करीव तीन साता अघिदेखि बन्द रहेको तातोपानी नाका दसैँपछि मात्र सञ्चालन हुने भएको छ । चिनियाँ पक्ष नाका खुलाउन सहमत भए पनि आवश्यक तयारी गर्दा दसैँपछि मात्र नाका खुल्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

लामो समय बन्द भएर गत असोज १९ गते नाका खुलेको भएपनि चीनतर्फ सामान लोड गर्न गएका ७ जना नेपालीमा कोरोना संक्रमण देखिएपछि सञ्चालनको दोस्रो दिनमै नाका बन्द भएको थियो ।

अब भने चिनियाँ पक्षले नेपालमा नै सामान ल्याइदिने गरी तयारी सुरु भएको छ । नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ गर्ने काम भइरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !