१७ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री ओलीलाइ भेन्टिलेटर बाट निकालियाे, स्वास्थ्यमा क्रमिक सुधारः चिकित्सक

प्रकाशित मिति :  27 November, 2019 1:04 pm


काठमाडाैं, ११ मंसिर

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट निकालिएकाे छ । मंगलवार ‘एपेन्डिसाइटिस’को अप्रेशनपछि स्थिर रहेको प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधार आएको अस्पतालले विज्ञप्ति जारी गर्दै जनाएकाे छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलवार ओलीको ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको थियो। मंगलवारसम्म उनको स्वास्थ्य अवस्था स्थिर रहेको थियो।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तमकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्न थालेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गुणात्मक सुधार भइरहेको जानकारी दिए। उनलाई चिकित्सकहरुले निरन्तर निगरानीमा राखेका छन्।



प्रतिक्रिया दिनुहोस !