६ जेष्ठ २०८१, आइतबार

देशभर २५०८ संक्रमित थपिए, संक्रमितकाे संख्या १ लाख ७० हजार नाग्याे

प्रकाशित मिति :  31 October, 2020 4:34 pm


काठमाडाैं, १५ कार्तिक । 

पछिल्लाे २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा काेराेना भाइसर संक्रमण पृष्टि भएकाे छ । देशभर भएकाे ९ हजार २ सय ७९ परीक्षणमा थप २ हजार ५ सय ८ जनामा संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेकाे छ । जसमध्ये ९३७ जनाकाे मृत्यु भइसकेकाे छ ।

त्यस्तै २४ घण्टामा थप १७ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । हालसम्म नेपालमा काेराेना संक्रमणबाट मृत्युहुनेकाे संख्या ९३७ पुगेकाे छ ।



प्रतिक्रिया दिनुहोस !