२५ बैशाख २०८१, मंगलबार

थप २९३३ जनामा कोरोना संक्रमण पृष्टि, २४ जनाको मृत्यू

प्रकाशित मिति :  2 November, 2020 5:38 pm


पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना डिस्चार्ज भएका छन् । २४ घण्टामा थप २४ जनाको मूत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।
हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० र निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ जना रहँदा सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !