६ जेष्ठ २०८१, आइतबार

पछिल्लो २४ घण्टामा थप ३११४ जनामा संक्रमण पृष्टि

प्रकाशित मिति :  3 November, 2020 6:21 pm


काठमाडौं, १८ कार्तिक ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभर ११ हजार १ सय ६६ जनाको पीसीआर परीक्षणमा थप १ हजार २ सय ४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ

पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !