६ बैशाख २०८१, बिहिबार

कञ्चन गाउपालिका अध्यक्ष टि-२० कप सुरु, विजेताले ४० हजार पाउने

प्रकाशित मिति :  6 November, 2020 4:09 pm


बुटवल, २१ कार्तिक

रुपन्देहीको कञ्चन गाउपालिमा गाउपालिका अध्यक्ष टि-२० कप सुरु आजदेखी सुरु भएको छ ।

गाउपालिकाकै लालिगुरास युवा क्लब ले आयोजना गरेको प्रतियोगितामा जम्मा १४ टिमले सहभागिता जनाउन लागेको आयोजकले जानकारी दिएको छ ।

आजबाट गाउपालिकाकै धमिराताल खेलमैदानमा सुरु भएको खेल गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले एक कार्यक्रमका बिच उद्घाटन गरे ।

खेलमा प्रथम हुने टोलीले ४० हजार नगद उपहार, ट्रफी र मेडल हात पार्ने छ भने दोस्रो हुनेले २५ हजार र ट्रफी मेडल उपहार पाउने आयोजकले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !