दाङमा अहिलेसम्स ४७ प्रतिशत भन्दा बढी मतदान
प्रकाशित मिति : 30 November, 2019 3:30 pm

काठमाडौं, १४ मंसिर। उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । दाङको दुई स्थानमा शान्तिपूर्ण तरीकाले उपनिर्वाचन भैरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा ख र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा मतदान भैरहेको छ । निर्वाचन क्षेत्र नम्बर ३ को २ मा ३२ मतदान स्थलका ७७ वटा केन्द्रमा र घोराही १६ मा २ मतदान स्थलको ५ केन्द्रमा शान्तिपूर्ण तरीकाले मतदान भैरहेको हो ।
दिउँसाे २ बजेसम्म दाङमा ४३ हजार ४ सय ८४ मत खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता बिनोद विक्रम शाहाले जानकारी दिनुभयो। दाङ क्षेत्र नं ३ ख मा ३१ हजार ११ मत खसेको छ । त्यसैगरी घोराहीउपमहानगरपालिका वडा नं. २ हजार ४ सय ७३ मत खसेको प्रवक्ता शाहाले जानकारी दिनुभयो । जम्मा मतदाताको ४७ प्रतिशत मत खसेको प्रहरीले जनाएको छ ।