१२ बैशाख २०८१, बुधबार

चौथो राष्ट्रिय हाप्किडो इन्स्ट्रक्चर, सेल्फ-डिफेन्स, एजुकेशनल, लिडरसीप तथा रेफ्रि सेमिनार सम्पन्न

प्रकाशित मिति :  10 December, 2020 7:29 am


काठमाडौं,२५ मंसिर ।नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, बाँके जिल्लाको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो केन्द्रीय संघको सहयोगार्थमा चौथो राष्ट्रिय हाप्किडो इन्स्ट्रक्चर, सेल्फ- डिफेन्स, एजुकेशनल, लिडरसीप तथा रेफ्रि सेमिनार सम्पन्न भएको छ ।

मंसिर २०, २१र २२ मा बाँकेमा भएको तिने दिने कार्यक्रममा बिभिन्न जिल्लाबाट आएका प्रशिक्षकहरुलाई संघका अध्यक्ष मास्टर काली बहादुर घर्ती मगर, प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ, सहायक प्रमुख प्रशिक्षक भुवन बुढा मगर, सहायक प्रमुख प्रशिक्षक कृष्ण महर्जन र सहायक प्रमुखप्रशिक्षक प्रबिण गुरुङले प्रशिक्षण प्रदान गरेका थिए । उक्त सेमिनारको उद्घाटन प्रमुख अतिथि लुम्बिनी प्रदेश को सामाजिक बिकासमन्त्री माननीय सुदर्शन बराल ले गरेका थिए ।

 

कार्यक्रममा सहभागी तीन दिने कार्यक्रममा दोश्रो दिन मोटिभेशन कार्यक्रममा तेक्वादो ओलम्पियन दिपक बिस्ट, कराते साफ गोल्डमेडलिस्ट दिपक श्रेष्ठ, बक्सिङ साफ गोल्ड मेडलिस्ट प्रकाश थापा मगर र बाँके जिल्ला प्रहरी प्रमुख एसपी ओम रानाले प्रशिक्षण दिएका थिए ।

सेमिनारमा बागमती प्रदेशका सांसद लालकुमारी पुन, सांद आइपी खरेल, परिवर्तन गाउपालिका रोल्पा अध्यक्ष निमकान्त डागी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखे र सावित्रा चौधरी, मध्यापश्चिमन्चल खेलकुद बिकास समितिका कार्यालय प्रमुख महेश चन्द, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख सन्तोष कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !