१६ बैशाख २०८१, आइतबार

त्रिविमा लापरबाहीः पाठ्यक्रम बाहिरको प्रश्न

प्रकाशित मिति :  7 December, 2019 9:35 am



काठमाडाैं, २१ मंसिर

त्रिचुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधेको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटक–पटक विभिन्न विषयमा पाठ्यक्रमबाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो बढ्न थालेपछि विश्वविद्यालयको अनुदान आयोगले विश्वविद्यालयसँग जवाफ मागेको छ ।

तर अनुदान आयोगको यो निर्देशनप्रति विश्वविद्यालयले कुनै चासो देखाएको छैन । त्रिविले स्नातकोत्तर तह फिजिक्सअन्तर्गत समेस्टर प्रणालीमा क्वान्टम मेकानिक्स आइको पहिलो समेस्टरमा पाठ्यक्रमभन्दा बाहिरको प्रश्न सोधेको सन्र्भमा पटक–पटक उजुरी परे पनि कारबाहीको प्रक्रिया अघि बढ्न सकेको छैन ।

अनुदान आयोगले सोधेको पश्नको जवाफ दिन विश्वविद्यालयले अटेर गर्दै आएको अनुदान आयोगका सदस्यसचिव देवराज अधिकारी स्किार्छन् । शिक्षामन्त्री गिरिीराजमणी पोखरेल, राष्ट्रिय सतर्कता केन्द्रले विश्वविद्यालयलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिए पनि त्रिविले भने निर्देशनप्रति चासो नै देखाएको छैन ।



प्रतिक्रिया दिनुहोस !