४ जेष्ठ २०८१, शुक्रबार

नारायणपुर स्वास्थ्य चौकीको स्तर बृद्धी

प्रकाशित मिति :  9 December, 2019 7:00 pm


घोराही उपमहानगरपालिकाले नारायणपुर स्वास्थ्य चौकीको स्तर बृद्धी गरेको छ । उपमहानगरको वडा नम्बर १० स्थित स्वास्थ्य चौकीलाई नारायणपुर शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रमा स्तर बृद्धी गरिएको हो ।

स्तर बृद्धी सँगै उपमहानगरले एमविविएस डाक्टरको समेत नियुक्त गरेको छ । लामो समय देखी स्वास्थ्य चौकीकारुपमा रहेको र ६९ औँ नगर कार्यपालिकाको बैठकले शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रमा स्तर बृद्धी गर्ने निर्णय गरेको प्रबक्ता भरत अर्यालले जानकारी दिए । विरामीको चाप बढ्दै जाँदा उपमहानगरले जनशक्तिको बृद्धी सँगै सेवा विस्तारमा समेत डाक्टर सहितको दरबन्दी कायम गरेको हो ।



प्रतिक्रिया दिनुहोस !