६ जेष्ठ २०८१, आइतबार

नेपालमै पहिलाे घाम झुल्कने अन्तु डाँडा (भिडियाे)

प्रकाशित मिति :  7 December, 2019 9:48 am


काठमाडाैं, २१ मंसिर

यसाे त घामकाे पहिलाे झुल्काे हेर्न नेपालका जुन कुनै डाँडा काँडाबाट राम्राे नै देखिन्छ । तर नेपालमा पहिलाे पटक घामकाे झुल्काे पर्ने ठाउँ इलामकाे अन्तु डाँडा हाे । ईलामको अन्तु डाँडाबाट देखिने सूर्योदयको दृष्य कस्ताे हुन्छ त? जहाँ घामको पहिलो झुल्को हेर्न बर्षेनी हजारौ पर्यटक यहाँ पुग्ने गर्दछन् ।

अन्तु डाँडा र अन्तकाे घाम झुल्काइमा भने निकै फरक छ । अनेत्र डाँडा माथिबाट सूर्याेदय भएकाे देख्न सकिन्छ भने अन्तु डाँडाबाट भने निकै तलबाट सूर्य माथि अाएकाे देखिन्छ ।  घाम हेर्न अन्तु डाँडा नपुग्नु भएकाका लागि याे दुर्लभ दृष्य पनि हुन सक्छ । हेर्नका लागि यहाँ क्लीक गर्नुहाेला ।



प्रतिक्रिया दिनुहोस !