२९ बैशाख २०८१, शनिबार

चन्द्रागिरी हिल्सको साधारण सेयर पुष २४ गते देखि निष्कासन हुँदै

प्रकाशित मिति :  1 January, 2021 1:00 pm


काठमाडौं । चन्द्रागिरी हिल्स ले पुस २४ गतेदेखि दोस्रो चरणको आइपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।

यसमध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ भने बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणको लागि छुट्याएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँले आवेदन दिन सकिनेछ ।
चन्द्रागिरीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस आइपीओमा लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो समयमा सबै आइपीओ बिक्री नभएमा भने माघ ९ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !