१३ बैशाख २०८१, बिहिबार

भारतमा कोरोना संक्रमणबाट डेढ लाख बढी मानिसको मृत्यु

प्रकाशित मिति :  6 January, 2021 3:34 pm


ऐजेन्सी, २२ पुस ।

भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म डेढ लाख भन्दा बढी मानिसको मृत्यु भएको छ ।

कोरोनाको तथ्य संकलन गर्ने जोन हप्किंस युनिभर्सिटीका अनुसार हालसम्म भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार १ सय १४ जनाको मृत्यु भएको छ ।

युनिभर्सिटीका अनुसार भारतमा हालसम्म १ करोड ३ लाख ७४ हजार बढी मानिस कोरोना संक्रमित भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्र १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

भारतमा हालसम्म ९९ लाख ९७ हजार बढी व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् । दिल्लीमा भने ४ हजार ५६२ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा जनवरी ५ सम्म १७ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !