१५ बैशाख २०८१, शनिबार

नेकपा सचिवालय बैठक स्थगित

प्रकाशित मिति :  13 December, 2019 2:04 pm


नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगन गरिएको छ ।

यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !