२१ बैशाख २०८१, शुक्रबार

डेरी एशाेसिएसनकाे वार्षिक साधारण बुटवलमा हुने

प्रकाशित मिति :  13 December, 2019 4:23 pm


काठमाडाैं, २७ मंसिर

डेरी उद्याेगीहरूकाे प्रमुख छाता संगठन नेपाल डेरी एशाेसिएसनकाे २१औं वार्षिक साधारणसभा पाँच नम्बर प्रदेशकाे बुटवलमा हुने भएकाे छ । एशाेसिएसनकाे केन्द्रीय समितिकाे निर्णय बमाेजिम पुस ११ र १२ गते बुटवलमा साधारणसभा गर्न थालिएकाे महासचिव प्रह्लाद दाहालले बताउनु भयाे ।

साधारणसभाकाे लागि तयारी भइरहेकाे बुटवलका बासिन्दा समेत रहेका एशाेसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले लुम्बिनी संचारलाइ बताउनु भयाे । केन्द्रीय समितिले पाँच नम्बर प्रदेशमा साधारणासभा राख्ने निर्णय गरेकाेमा खुशी व्यक्त गर्दै भण्डारीले प्रदेशका डेरी उद्याेगीकाे तर्फबाट सम्पूर्ण उद्याेगीहरूलाइ स्वागत गर्न अातुर रहेकाे बताउनु भयाे ।



प्रतिक्रिया दिनुहोस !