१५ चैत्र २०८०, बिहिबार

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

प्रकाशित मिति :  19 January, 2021 2:31 pm


काठमाडौं । पेट्रोलियम पदार्थमा बढेको मुल्यवृद्धि फिर्ता लिन नेपाल विद्यार्थी संघले माग गरेको छ । मंगलबार नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थमा बढेको मूल्य फिर्ता लिन माग गरेका हुन् ।

कोरोना कहरले जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारीहरु गुमेको यस्तो विकराल अवस्थामा अत्यावश्यकीय उपभोग्य वस्तु पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने जनता मारा निर्णयको हामी घोर निन्दा, भत्सर्ना गर्दछौं विज्ञप्तीमा भनिएको छ ।

नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्यवृद्धि गरेको थियो।प्रधानमन्त्री ओली लाई चेतावनी दिँदै ढुंगानाले भने ‘जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन ओली सरकारलाई चेतावनी दिन चाहन्छु ।’

यता नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मूल्य बढाइएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !