१९ बैशाख २०८१, बुधबार

अत्याधिक जाडाेका कारण रुपन्देहीकाे बिद्यालय बन्द

प्रकाशित मिति :  28 January, 2021 9:45 am


सैनामैना, १५ माघ । 

केहि समययता अत्यादिक जाडाे बढ्दै गएका कारण रुपन्देहीकाे सैनामैना नगरपालिका क्षेत्रका विद्यालयहरु २ दिनका लागि बन्द गरिएकाे छ । विद्यार्थीहरुकाे जनस्वास्थ्यलाई मध्यनजर गर्दै २०७७ साल माघ १५ र माघ १६ गते गरी दुई दिन बिदा दिने निर्णय  नगरपालिकाले गरेकाे हाे ।

सैनामैना नगरपालिकाले स्थानिय बिदाबाट कट्टीहुने गरी २ दिनका लागि  विद्यालय बन्द गर्ने निर्णय सुचना मार्फत जानकारी गराएकाे छ ।

गत बर्षहरुकाे तुलनामा तराईका जिल्लामा याे बर्ष अलिक ढिलाे जाडाे शुरु भएकाे छ । पुसकाे पहिलाे सातामा अत्यधिक जाडाेहुनु पर्नेमा याे बर्ष पुसकाे अन्तिमसम्म पारिलाे घाम लागेकाे थियाे तर पुसकाे अन्तिम सातादेखि माघको दाेस्रो सातासम्म पनि जाडाे बढ्दै गएको छ ।

 



प्रतिक्रिया दिनुहोस !