२४ बैशाख २०८१, सोमबार

दोस्रो त्रैमाससम्म नबिल बैंकको मुनाफा २ अर्ब नाघ्यो

प्रकाशित मिति :  28 January, 2021 12:56 pm


काठमाडौ ।  नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिसम्म गत वर्षको तुलनामा यस वर्ष १.२७ प्रतिशतले नाफा घटेको छ । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रो त्रैमासम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ३ अर्ब १२ करोड रुपैयाँमा झरेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।यो अवधिमा बैंकको रिजर्भको आकार भने २.४१ प्रतिशतले घटेर १५ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यही अवधिमा रिजर्भमा १५ अर्ब ७५ करोड रुपैयाँ थियो।

बैंकको खराब कर्जा दर ०.७५ प्रतिशतबाट घटाएर ०.६० प्रतिशत पुगेको छ भने आधार दर घटेर ५.७६ प्रतिशतमा सीमित बनेको छ ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४०.४४ रुपैयाँबाट घटेर २९.९१ रुपैयाँमा झरेको छ । पीई रेसियो ३७.८५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१४.०८ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !