प्रतितोला १ सय रुपैयाँ बढ्यो सुन
प्रकाशित मिति : 23 September, 2026 11:44 am
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।









