२० बैशाख २०८१, बिहिबार

महिला लघुवित्तको आईपीओ माघ २८ गतेदेखि निष्काशन हँदै

प्रकाशित मिति :  1 February, 2021 1:33 pm


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही माघ २८ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । संस्थाले ४ करोड मूल्य बराबरको ४ लाख कित्ता सेयर आईपीओ निष्कासन गर्ने भएको हो ।

कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सि–आस्वाका माध्यमबाट आईपीओ भर्न सक्नेछन् ।

आईपीओ निष्कासन बन्द छिटोमा फागुन २ गते र ढिलामा फागुन १२ गते बैंकिङ समयपछि हुनेछ । हाल महिलाको लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ। यो आईपीओ बिक्रीपछि चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको छ ।

इन्क्रा रेटीङ् नेपालले उक्त आइपिओलाई इन्क्रा एनपी डबल बि रेटीङ् प्रदान गरेको छ यसले वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा मध्ये जोखिम रहेको देखाउँछ ।



प्रतिक्रिया दिनुहोस !