१२ बैशाख २०८१, बुधबार

आर्कषक फिचरसहित रियलमीको नयाँ फोन नेपाली बजारमा

प्रकाशित मिति :  2 February, 2021 5:23 pm


काठमाडौँ ।

स्मार्टफोन ब्राण्ड रियलमीले क्वेलकम संस्करणको सी १५ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले अल्ट्रालंग ब्याट्री र थप फिचरसहित यस संस्करणको मोबाइल बजारमा ल्याएको हो । मोबाइलमा ६.५ इन्चको एलसीडी फुलस्क्रिन डिस्प्ले, चारवटा लेन्ससहितको क्यामेरा रहेको छ । रियलमीले उच्च पर्फमेन्स, एकपटकको चार्जले लामो समयसम्म टिक्ने पावरफुल ब्याट्री रहेको कम्पनीको दाबी छ ।

सी १५ मोबाइल फोनलाई ४६० एसओसीको क्वेलकम स्न्यापड्रागन प्रोसेसरले द्रूत र शक्तिशाली बनाएको र ८ कोरको उक्त प्रोसेसरले १.८ गिगाहर्जसम्म दैनिक प्रयोग हुने एप अपरेसनभन्दा बाहिर पनि सँधैँ काम गरिरहने कम्पनीले जनाएको छ ।

यस फोनका प्रयोगकर्ताले यस सिरिजको मोबाइल फोनमा पहिलोपटक आकर्षक क्यामेरा पफर्ममेन्स, राम्रो र सटिक लोकेसन ट्र्याकिङ, राम्रो कनेक्टीभीटीको पनि अनुभूति गर्न पाउने कम्पनीको दाबी छ ।

कम्पनीले यस फोनमा विश्वमै पहिलोपटक १८ वाटमा तीब्र र पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्री राखेको छ । एक पटकको पूर्ण चार्जमा मोबाइलमा ४४ घण्टासम्म लगातार कल गर्न तथा २६.८ घण्टा युट्युब हेर्न सकिने, एकपटकको चार्जले ४८ दिनसम्म मोबाइल फोन चल्ने दाबी कम्पनीको छ ।

कम्पनीले मोबाइलमा ६.५ इन्चको मोबाइल ड्रप डिजाइनमा क्विड (४ वटा लेन्स) भएको क्यामेरा राखेको छ । यस फोनमा पछाडिपट्टीको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु राखेको छ । यस्तै अगाडिपट्टी ८ एमपीको क्यामेरा छ, यसले १०८० पी मा पूर्ण एचडी भिडियो रेकर्डको सुविधा दिएको छ ।

कम्पनीले यस फोनको खरीदमा ३६५ दिनको वारेन्टी समेत दिएको छ । कम्पनीले नेपालमा ४/६४ जीबीको मोबाइल फोनको मूल्य १९ हजार ९९० ताेकेकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !