१६ बैशाख २०८१, आइतबार

स्वास्थ शिक्षा १२ कक्षासम्म अनिवार्य बनाउन आवश्यक छः सभापति घर्ती

प्रकाशित मिति :  15 December, 2019 12:03 pm


काठमाडाैं, २९ मंसिर

संसदको स्वास्थ्य तथा शिक्षा समितिकी सभापति तथा नकपा नेतृ जयपुरी घर्तीले स्वास्थ्य विषयलाइ कक्षा १२ सम्म अनिवार्य गर्न आवश्यक रहेकाे बताउनु भएकाे छ । राजधानीमा आयाेजित एक कार्यक्रममा बाेल्दै उहाँले यसका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएकाे छ ।

छात्राहरूमा अझै पनि याैन शिक्षा लाजकाे विषय रहेकाे र युवतीहरूले महिनावारीका विषयमा पनि खुलेर बाेल्न नसकिरेहकाले यस विषयमा थप जनचेतना जगाउनु पर्नेमा घर्तीले जाेड दिनु भयाे । ”राजनीतिक हिसाबले नेपालमा राज्यसत्ता नै परिवर्तन भए पनि सामाजिक परिवर्तन समयानुकूल हुन सकेकाे छैन,” ‘विद्यालय बाहिर रहेका बालबालिका, किशोर किशोरी तथा युवाहरूको वृहत् यौनिकता शिक्षामा पहुँचको अवस्था’ विषयक अन्तरक्रियामा बाेल्दै उहाँले भन्नुभयाे, ”यौनिकताबारे कुरा गर्नु अपराध ठानिने संकिर्ण सोच हट्न जरुरी छ ।”

तान नेपालले अायाेजना गरेकाे कार्यम्रमा बाेल्दै तानकाे महासचिव गीता थापाले विद्यालय जाने युवा युवती नै यौनिकता शिक्षा बारे अलमल्ल रहेको अवस्थामा विद्यालय जान नपाएका, बिचमै विद्यालय छाडेकाहरूका निम्ति यौनिकता शिक्षा जटिल रहेको बताउनु भयाे भने तान नेपालकी कोषाध्यक्ष सरिता दाहालले सरकारले विद्यालयबाहिर रहेको युवा युवतीसम्म यौनिकता शिक्षा पुर्‍याउनु पर्नेमा जाेड दिनु भयाे ।

अधिकारकर्मी कला राईले कुनै पनि व्यक्ति किशोरावस्थामै आफ्नो यौनिकताबारे स्पष्ट हुने हो भने युवावस्थामा मानसिक रुपमा समस्यामा नपर्ने भएकाले यौनिकता शिक्षाको बारेमा विद्यालयमै खुलेर छलफल तथा वहस हुन अावश्यक रहेकाे बताउनु भयाे । कार्यक्रमका अन्य वक्ताहरूकाे पनि स्वास्थ्य विषयलाइ अनिवार्य विषयकै रूपमा कक्षा १२ सम्म राख्नु पर्नेमा जाेड थियाे ।



प्रतिक्रिया दिनुहोस !