१६ बैशाख २०८१, आइतबार

एन आई सी एशिया बैंकका थप दुई शाखा संचालनमा

प्रकाशित मिति :  16 December, 2019 4:11 pm


काठमाडौँ ,मंसिर ३०

एन आई सी एशिया बैंकले एकै साथ दुईवटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ नयाँ दुई शाखा संचालनमा ल्याएको हो ।

मंगलबजार शाखाको उद्घाटन सोही वडाका वडाअध्यक्ष नारायणलाल अवाले र दरबारमार्ग शाखाको समुद्घाटन एन आई सी एशिया बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेजराज तिमिल्सिनाले गरेका हुन्।

यस्तै नयाँ शाखा संचालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहकहरुलाइ बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !