२२ बैशाख २०८१, शनिबार

छुट्ला है ! ग्रीन लाइफ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

प्रकाशित मिति :  9 February, 2021 12:28 pm


काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भर्ने आज मंगलबार अन्तिम मिति रहेको छ । कम्पनीले माघ २३ गते देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर (आइपिओ) बिक्री खुल्ला गरेको हो ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याएको छ ।

आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका ताकिएका शाखा कार्यालयहरुबाट बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस !