१२ श्रावण २०८१, शनिबार

नेकपा सचिवालय १५ सदस्यीय बनाउन स्थायी समितिमा माग

प्रकाशित मिति :  17 December, 2019 8:48 am


काठमाडाैं, १ पुस। नेकपाका नेताहरूले पार्टी नीति र विधान कार्यान्वयन गर्दै समानुपातिक–समावेशी प्रतिनिधित्वका साथै सामूहिक नेतृत्व प्रणाली स्थापित हुने गरी पदाधिकारी र केन्द्रीय सचिवालय विस्तार गर्न ध्यानाकर्षण गराएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा जारी स्थायी समितिको सोमबारको बैठकमा नेताहरूले ४५ सदस्यीय स्थायी समितिको एकतिहाइ १५ सदस्यीय हुने गरी अहिलेको नौ सदस्यीय सचिवालयलाई विस्तार गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । दुई अध्यक्षबाहेक उपाध्यक्षमा महिलाको पनि प्रतिनिधित्व हुने गरी विधान संशोधन गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बोल्ने १२ नेतामध्ये युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल र छविलाल विश्वकर्माले समावेशी–समानुपातिक सहभागिताको संवैधानिक, कानुनी र पार्टी विधानको व्यवस्थालाई कडाइका साथ लागू गर्न माग गरे । सामूहिक नेतृत्व प्रणाली स्थापित गर्नुपर्ने तथा एक व्यक्ति : एक मुख्य जिम्मेवारीको नीतिलाई तल्ला कमिटीसम्म लागू गर्नुपर्नेमा उनीहरूको जोड छ । नेतृ शाक्यर भुसालले पदाधिकारीमा पनि महिलाको प्रतिनिधित्व हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएको नयाँ पत्रिका  दैनिकमा समाचार छ।



प्रतिक्रिया दिनुहोस !