८ बैशाख २०८१, शनिबार

काठमाडौं टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर प्रचण्ड-नेपाल समूहको प्रर्दशन

प्रकाशित मिति :  18 February, 2021 5:15 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विघटन विरुद्ध काठमाडौं टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर प्रर्दशन गरेको छ ।

चौथो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड नेपाल समूहले मानवसाङ्लो बनाएर प्रर्दशन गरेको हो ।

तेस्रो चरणको आन्दोलन सकेर चौथो चरणको आन्दोलन गरिरहेको प्रचण्ड नेपाल समूहले आज फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम गरेको हो ।

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजित भएको थियो । विभाजित नेकपा मध्य प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेका छन् भने अर्को समूहको नेतृत्व पुष्प कमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरिरहेका छन् ।

प्रचण्ड नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा चरणबद्ध कार्यक्रम गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !