८ बैशाख २०८१, शनिबार

आइपिएल अक्सनमा बिक्रि भएनन् सन्दिप

प्रकाशित मिति :  18 February, 2021 6:33 pm


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनमा बिक्रि हुन असफल भएका छन्।

२०२१ का लागि बिहीबार चेन्नईमा जारी आईपीएलको अक्सनमा सन्दीपलाई भित्र्याउन कुनैपनि टिमले बोलि नलगाउदा सन्दीप अनसोल्ड भएका हुन् ।

४० लाख भारु बेस प्राइस राखेका सन्दिपलाई लिन कुनै पनि टिमले इच्छा नदेखाए पछि लगातार ३ सिजन सन्दीप दिल्ली क्यापिटल्सबाट खेलेका सन्दिप यस वर्षको आईपीएलमा कूनै टिममा नदेखिने भएका छन् ।

२०१८ मा सन्दीप पहिलो पटक दिल्ली क्यापिटल्समा २० लाख भारुमा आबद्ध भएका सन्दिप लाई दिल्लीको यो सिजन रिलिज गरेको थियो।

सन्दीपले दिल्लीबाट ३ सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

आईपीएलको गत सिजन सन्दिपले कुनै पनि खेलमा अन्तिम-११ मा मौका पाएका थिएनन्।

 

 



प्रतिक्रिया दिनुहोस !