८ बैशाख २०८१, शनिबार

नेपाली जनतामा निराशा,आक्रोस् र अन्योलता छायो : उपराष्ट्रपति पुन

प्रकाशित मिति :  19 February, 2021 11:43 am


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले पछिल्लो राजनीतिक घटनाक्रमले नेपाली जनतामा निराशा,आक्रोस् र अन्योलता छाएको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले राजनीतिक स्थिरता, विकास र समृद्धि तथा संविधानको पालन र संरक्षण चाहेका आम नेपाली जनतामा निराशा, आक्रोस् र अन्यौलता छाएको उल्लेख गरेका हुन् ।

उनले मुलुक अफ्ठेरो अवस्थाबाट गुज्रिरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनको शुभकामना सन्देशमा भनिएको छ,“ हामीले हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाइरहँदा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मुलुक भने अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रमले राजनीतिक स्थिरता, विकास र समृद्धि तथा संविधानको पालन र संरक्षण चाहेका आम नेपाली जनतामा निराशा, आक्रोस् र अन्यौलता छाएको छ ।”

उपराष्ट्रपति पुनले पटक पटकको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गरेको संविधान जारीपछि मुलुक विकास र समृद्धिको मार्गमा दु्रत्तर गतिमा अगाडि बढ्नेमा विश्वस्त रहेका जनतामा निराशा, आक्रोस र अन्यौलता छाउनु सुखद पक्ष नभएको उल्लेख गरेका छन् ।

२००७ सालमा प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र संघर्ष गर्नुपरेको कुरा विशेष स्मणीय रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !