२३ बैशाख २०८१, आइतबार

विद्या भट्टराईद्वारा शपथ ग्रहण

प्रकाशित मिति :  17 December, 2019 2:58 pm


काठमाडौं पुष १

उप-चुनावमा कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनीयताको शपथ गराएकी छन् । संसद सचिवालयमा मंगलबार तुम्बाहाम्फेले भट्टराईलाई शपथ गराएकी हुन् ।

भट्टराई गत मंसिर १४ मा भएको उप-चुनावमा प्रतिनिधिसभा सदस्यमा विजयी भएकी थिइन् । शपथ ग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङलगायत सहभागी थिए ।

दिवंगत रवीन्द्र अधिकारीको स्थानमा उनकै पत्नी विद्यालाई नेकपाले उम्मेदवार बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !