१२ श्रावण २०८१, शनिबार

कांग्रेस नेता रामेश्‍वर ढुंगेलको निधन

प्रकाशित मिति :  17 December, 2019 4:06 pm


भक्तपुर,पुष १

नेपाली कांग्रेसका नेता तथा पूर्वसाभासद् रामेश्‍वर ढुंगेलको निधन भएको छ। दम रोगबाट पीडित उनको निधन भएको पुष्टि नेपाली कांग्रेसले पनि गरेको छ।

२०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नमबर२ बाट प्रत्यक्षतर्फ निर्वाचित ढुंगेलको मंगलबार अपरान्ह राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

२०७० सालको संविधानसभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको गढका रुपमा परिचित भक्तपुर २ बाट सुनिल प्रजापतिलाई हराएपछि ढुंगेल चर्चित भएका थिए।



प्रतिक्रिया दिनुहोस !