१४ बैशाख २०८१, शुक्रबार

आज संसद विघटन मुद्दाको पेशी

प्रकाशित मिति :  23 February, 2021 12:28 pm


फागुन ११ काठमाडौँ । सोमवार दुवै पक्षका वकिलले बहस नोत वुझाएपछि प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पेशी तोकिएको छ । गत पुस ६ गते सर्वोच्चमा दर्ता भएको मुद्दामा दुवै पक्षको बहस सकिएपछि मंगलबार पेशी तोकिएको हो ।

यसअघि एमीकस क्युरीका सदस्यलेको राय सकिएपछि सोमबार बहस नोट बुझाउन भनिएको थियो । एमीकस क्युरीका पाँच सदस्यमध्ये चार जनाले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने पक्षमा राय दिएका थिए ।

झण्डै दुई महिना लामो बहसपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले फैसला सुनाउने तयारी गरेको छ । फैसला कहिले आउँछ भन्‍ने एकिन नभए पनि यसै साता आउन सक्ने अनुमान गरिएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !