४ जेष्ठ २०८१, शुक्रबार

प्रचण्डपत्नी उपचारका लागि रामदेवको आश्रममा

प्रकाशित मिति :  20 December, 2019 4:38 pm


काठमाडौं, ४ पुष

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा पु¥याइएको छ । लामो समयदेखि उनी अस्वस्थ छिन् ।

छोरी गंगा दाहालले सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको जानकारी सामाजिक सञ्जालबाट गराएकी छिन् । बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्वीर पनि उनले पोष्ट गरेकी छन् । सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन् ।



प्रतिक्रिया दिनुहोस !