७ जेष्ठ २०८१, सोमबार

बुटवल उपमहानगरपालिकालाई सडक मानवमुक्त सहर घोषणा

प्रकाशित मिति :  21 December, 2019 6:37 pm


बुटवल, पुस ५ । बुटवल उपमहानगर  सहयोगपेक्षी सडकआश्रीत मानवमुक्त नगरको रुपमा घोषणा भएको छ ।

बेसाहारा, अभिभावकबिहिन, सहयोगापेक्षी सडकआश्रीत मानव व्यवस्थापन गर्ने उद्देश्यले सरोकारवालाहरुविच समन्वय, सहकार्य र साझेदारी भएपछि शनिबार एक समारोहकाबीच उपमहानगरपालिकालाई सडक मानवमुक्त सहर घोषणा भएको हो ।

नगरपालिकाको कार्यालय परिसरमा गरिएको समारोहमा बोल्दै नगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई अब मानवीय सभ्यताको सहरको रुपमा चिनाउने महाअभियान सुरु भएको भन्दै सबैलाई होस्टेमा हैसे मिलाउदै अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले बुटवलमा जस्तासुकै दुखी गरिब आएपनी नाना, छाना र खानाबिना मर्नु नपर्ने र त्यसको ग्यारेन्टी नगरपालिकाले गर्ने भन्दै सबै नगरबासिमा मानवीय भावना भएको देखाउने समय आएको समेत बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !