१२ श्रावण २०८१, शनिबार

रोनाल्डोको कीर्तिमानी ह्याट्रिक, पेलेले दिए बधाई

प्रकाशित मिति :  15 March, 2021 10:50 am


TURIN, ITALY – NOVEMBER 21: Cristiano Ronaldo of Juventus celebrates with teammates Dejan Kulusevski and Melo Arthur after scoring his team’s first goal during the Serie A match between Juventus and Cagliari Calcio at on November 21, 2020 in Turin, Italy. Football Stadiums around Europe remain empty due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in fixtures being played behind closed doors. (Photo by Valerio Pennicino/Getty Images)


एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेसँगै युभेन्ट्सले सहज जित निकालेको छ ।

गएराती काग्लियारीको मैदानमा भएको खेलमा साविक विजेता युभेन्ट्सले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित सहज जित निकालेको हो। युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।

काग्लियारी विरुद्धको खेलमा ह्याट्रिकपछि रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा बनाए । रोनाल्डोले आधिकारिक खेलमा ७७० गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७६७ गोल रहेको छ । कीर्तिमान तोडेपछि ब्राजिलियन हस्ती पेलेले रोनाल्डोलाई बधाईसमेत दिएका छन् ।

यता घरेलु टिम काग्लियारीका जियोभानी सिमओनले एक गोल फर्काएपनि जितका लागि प्रयाप्त हुन सकेन ।

खेलको १० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमको अग्रता  दोब्बर बनाए। त्यस्तै खेलको ३२ औं मिनेटमा रोनाल्डोले थप एक गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

पहिलो हाफमा ३-० को अग्रता बनाएको युनेन्टसले दोसा्रे हाफमा एक गोल खायो । खेलको ६१औं मिनेटमा जियोभानी सिमिओनीले काग्लियारीका लागि एक गोल फर्काए। बाकी समयमा दुबै टोलीबाट गोल हुन नसक्दा युभेन्टसले ३० को फराकिलो जित निकाल्यो ।

युभेन्ट्स २६ खेलबाट ५५ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । युभेन्ट्स भन्दा १ खेल बढि खेलेको एसी मिलान ५६ अंकसहित दोस्रो स्थानमा छ भने २७ खेल खेलेको इन्टर मिलान ६५ अंकसहित पहिलो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !