१६ बैशाख २०८१, आइतबार

महासंघ-कृषि बिकास बैंक सम्झौता: महासंघको सिफारिसमा सजिलै कृषि ऋण

प्रकाशित मिति :  25 December, 2019 11:05 pm


काठमाडौं, ९ पुस

किसानलाई बैंकबाट ऋण लिन सहज नभएको गुनासो नयाँ हैन । तर, अब भने कृषि ऋणमा सहजता हुने भएको छ।

कम्तिमा कृषि बिकास बैकबाट कृषकले सहज रूपमा कृषि ऋण लिन पाउने भएका छन्। कृषि विकास बैंक लिमिटेड केन्द्रिय कार्यालय, काठमाडौंको तर्फबाट सि.इ.ओ. अनिल कुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष नवराज बस्नेतले ऋण सहजताको लागि समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

समझदारी अनुसार किसानले अब कृषि ऋणका लागी महासंघको सिफारिस मार्फत सजिलै ऋण लिन गर्न पाउने छन् । यसका लागि
किसानको खाता शुन्य व्यालेन्समा खोलीने र एक खाता बराबर रु. १०० बैंकले उक्त खातामा राखीदिने व्यवस्था हुनेे भएको छ।बैंकले किसानलाई विद्युतिय बैंकीङ्ग सेवा उपलब्ध भएको गराउने सहमति भएको हो।

किसानको क्षमता विकासका लागी क्षमता विकास तालीमहरुका लागी कृषि विकास बैंकले लगानी गर्ने, वाली र पशु विमा प्रवर्दनमा प्रथमिकता दिइनेे, कृषक समूहको क्षमता विकासको लागि दुबै पक्ष बसि योजना तर्जुमा गरी कार्यन्वयन गरिने लगाएतका विषय समझदारी पत्रमा छन्।

समझदारी कार्यान्वयन गर्न एक कार्यदल गठन गर्ने र सो कार्यदलको सिफारिसमा काम अघि बढ्ने समझदारीमा उल्लेख छ । समझदारीले कृषकको हितमा बैंकले सेवा प्रवाह गर्ने प्रणालीमा सुधार भइ कृषकले सहज रुपमा ऋण पाउने वातावरण बनेको महासंघका अध्यक्ष नवराज बस्नेतले बताउनु भयो।

सरकारले ५ प्रतिसत ब्याजदरमा कृषि ऋण लिने गरि अनुदानको व्यवस्था गरेको छ। तर, कृषकलाई ऋण दिन बैंकहरु आनाकानी गरेको गुनासो वर्षेनी सुन्दै आइएको छ।



प्रतिक्रिया दिनुहोस !