२२ बैशाख २०८१, शनिबार

चिनियाँ खोप लगाउन शुरु, २३ केन्द्रबाट खाेप लगाइने

प्रकाशित मिति :  7 April, 2021 1:46 pm


काठमाडाैं । चीनबाट अनुदानमा ल्याइएको कोभिड १९ विरुद्धको भेराेसेल खोप आजदेखि लगाउन शुरु गरिएको छ । नँया बानेश्वरकाे सिभिल अस्पतालमा खाेप कार्यक्रमकाे सुरुवात गर्न नेपालका लागि चिनियाँ राजदुत हाेउ यान्छीकाे उपस्थित रहेकाे थियाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि खोप लगाउने व्यक्ति र समुहको लागि २३ केन्द्रबाट खोप लगाउन शुरु गरेको हो ।काठमाडौं उपत्यकामा वीर अस्पताल, प्रसृतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामति अस्पताल मिनभवन, राष्टयि आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर, र नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौ मेडिकल कलेजबाट खोप लगाउन शुरु गरिएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल पानीपोखरी,ओम अस्पताल चाबहिल, क्षेत्रपाटी निस्शुल्क चिकित्सालय क्षेत्रपाटीबाट पनि खोप लगाउन थालिएको छ ।

,त्यस्तै ललितपुरकाे किष्ट मेडिकल कलेज , आनन्दवन अस्पताल ललितपुर, धुलिखेल अस्पताल काभ्रे, त्रिशुली अस्पताल नुवाकोट, बाह्रविसे अस्पताल सिन्धुपाल्चोक र रसुवा जिल्ला अस्पतालमा पनि खाेप केन्द्र सञ्चालन गरिएकाे छ ।

मन्त्रालयले चैत्र २५ गतेबाट १८ देखि ५९ वर्ष समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनका लागि तयारीमा रहेका विद्यार्थी, हिमालय पार व्यापार गर्ने व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधी, फलफूल, तरकारी लगायतका व्यापारीलाई खोप लगाउने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !